शिक्षा क्षेत्रका विज्ञ, शिक्षासेवी र पत्रकारलाई ‘नेशनल एजुकेशन अवार्ड’ प्रदान गरिएको छ ।
शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १६ औँ ‘एजुकेशन अवार्ड’ वितरण कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले ती सम्मान तथा पुरस्कार प्रदान गरे । डा.बाबुराम पोखरेल स्मृति छात्रवृत्ति त्रिपद्म विद्याश्रम माविका सुजाता ठाकुरलाई प्रदान गरिएको छ । सो छात्रालाई स्मृति कोषवाट नगद राशी पच्चिस हजार प्रदान गरिएको हो ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्रा डा बालचन्द्र लुइँटेललाई ‘एजुकेशन भिजन अवार्ड’, शिक्षासेवी भोजबहादुर शाहलाई ‘लाइफ टाइम एचिभमेन्ट्स अवार्ड’, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेल र ह्वाइटहाउस एजुकेशन फाउण्डेशनका प्रमुख युवराज शर्मालाई ‘डेडिकेसन अवार्ड’ प्रदान गरियो ।
यस्तै विभिन्न विधातर्फ आसमान नेपाल, फेथ फाउण्डेशन नेपाल, सङ्खुवासभाको वाना माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर श्रेष्ठ, काठमाडौँको अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराई, ललितपुरको रजेन्ट रेसिडेन्सियल, जेम्स स्कुल, गोदावरी नगरपालिका, काठमाडौँको एपेक्स लाइफ स्कुल, ब्राइट फ्युचर सेकेण्डरी स्कुल, समृद्धि कलेज, एनसिसिएस कलेज, स्वतिश्री गुरुकुल, आइबी वल्र्ड स्कुल, रुपन्देहीको कालिका मानविज्ञान मावि र प्राइम कलेजलाई पुरस्कृत गरिएको छ ।
सम्मान र पुरस्कार छनोटमा भाषा आयोगका उपसचिव गेहनाथ गौतम संयोजक, शिक्षाकर्मी दीपिका थापा र शिक्षा पत्रकार प्रकाश सिलवाल सदस्य रहेका थिए । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले सरकारले सङ्घीय शिक्षा विधेयक र प्राविधिक शिक्षासम्बन्धी विधेयक ल्याउन लागेको जानकारी दिँदै शिक्षालाई राज्यले प्राथमिकता दिएमा मात्रै मुलुक समृद्ध हुने बताए । शिक्षा राज्यमन्त्री यादवले शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि सबैको योगदान आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा र द राइजिङ नेपालका मञ्जिमा ढकाललाई जनही रु १० हजार राशिसहित शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शिक्षा पत्रकार समाज र शिक्षा पत्रकार सञ्जालको सिफारिससमेतका आधारमा दुई जनालाई पुरस्कृत गरिएको हो । यस्तै डा.बाबुराम पोखरेल स्मृति छात्रवृत्ति त्रिपद्म विद्याश्रम माविका ठाकुरलाई प्रदान गरिएको शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले जानकारी दिए ।





























प्रतिक्रिया