काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपा विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले ७ दिन लगाएर आफ्नो विवाद समाधान प्रतिवेदन बुझाएको छ । दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर लगायतका विषय समावेस गरिएको प्रतिवेदन बुझाएको हो ।
यस्तै अस्पताल नै कोरोना संक्रमणको जोखिम युक्त क्षेत्र बन्दै गएको पाइएको छ । धुलिखेल अस्पतालको लापरबाहीले संक्रमण समुदायस्तरमा पुगेको सर्वसाधारणको गुनासो गरेका छन् ।
यसैगरि लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यावसायीले बैंकको ऋण तथा ब्याज तिर्न सकेका छैनन् । बैंकहरुमा खराब कर्जा बढ्दो ग्राफमा उकालो लागेको छ ।
यस्तै कोरोनाका कारण विश्वभर ८ लाख बढीको मृत्यु भइसकेको छ । यो महामारी अब दुई वर्षभित्रमा नियन्त्रणमा आउने विश्व स्वास्थ्य संगठनको बताएको छ ।
उता युरोपा लिगको फाइनलमा सेभियाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । उसले इन्टर मिलानमाथि ३–२ को जीत निकाल्दै उपाधी चुम्न सफल भएको हो । केन्द्रबिन्दु बुलेटिन हेरौं यो भिडियोमा :





























प्रतिक्रिया