वल्ड सुसाइड प्रिभेन्सन डे : हरेक घण्टा ८० जनाले आत्महत्या गर्छन

वल्ड सुसाइड प्रिभेन्सन डे : हरेक घण्टा ८० जनाले आत्महत्या गर्छन

केन्द्रबिन्दु
0
Shares

आत्महत्या यो शब्द सुन्न कसैलाई मन पर्दैन । 

सेप्टेम्बर १० अर्थात भोली शनिबार विश्व आत्महत्या रोकथाम दिवस संसारभर मनाइँदैछ । यस अवसरमा संसारभर हुने आत्महत्या तथ्याङका बारेमा जानौं । जब मानिसले आत्महत्या गर्ने निर्णय गर्छ, त्यसको पछाडि धेरै कारणहरू हुन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार हरेक वर्ष करिब ७ लाख ३ हजार मानिसले आत्महत्या गरेर यो संसारबाट बिदा लिने गरेका छन् । अर्थात् हर एक दिन १९ सय २७ जना र हर एक घण्टा करिब ८० जनाले आत्महत्या जस्तो ठूलो कदम चाल्ने गर्छन । 

आत्महत्याका कारण हुने हरेक मृत्यु हाम्रा सबैका लागि चिन्ताको विषय हो । यसले हाम्रो समाज र विशेष गरी वरपर बस्ने मानिस र बालबालिकाहरूमा गहिरो प्रभाव पार्छ । 

Skip This
Skip This
Logo