भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा जारी यु -१७ पुरुष साफ च्याम्पियनसिपमा नेपालले भारतमाथि सानदार जित निकालेको छ ।  कोलम्बोमा शुक्रबार भएको खेलमा भारतमाथि  ३–१ को पूनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । 

खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका थिए ।

खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई २-१ को अग्रता दिलाए । ६७ औं मिनेटमा सुवास बमले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए । 

पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरेका छन् । नेपाल समूह विजेता बनेको छ भने भारत उपविजेता बनेको छ ।  

Logo