नेपाल समाजवादी केन्द्रले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग नलिने भएको छ ।
एकल चुनाब चिन्ह लिएर भाग लिने भनी दल दर्ता गरेका नेपाल समाजवादी केन्द्रमा आबद्ध आधुनिक नेपाल समाजवादी पार्टी ,नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी र समाजवादी केन्द्र नेपालले निर्वाचन आयोगले विभेदपूर्ण व्यवहार देखाएको भन्दै निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।
आयोगले निर्वाचनमा भाग लिन दर्ता भैसकेका उक्त दलहरुले केन्द्रीय समितिको निर्वाचन समयमै नगरेकाे भनी विना जानकारी र स्पष्टीकरण नै नलिई एकलौटी रुपमा ५० हजार रुपैयाँ जरिवाना तोकेपछि असन्तुष्ट बनेको हो । आयोगले पुर्वाग्राही ढंगले देशी विदेशी शक्ति र सिण्डिकेटधारी दलहरुको इशारामा सो निर्णय गरेको दाबी गर्दै दलहरुले दलीय स्वतन्त्रतालाई समेत खलल पु-याएकोमा घोर भत्र्सना गरेको छ ।
‘अग्रगामी शक्तिको रुपमा स्थापित भई निर्वाचनमा जान भनी दल दर्ता समेत गरेको हामीलाई निर्वाचन आयोगले कथित देशी विदेशी शक्ति र कथित सिण्डिकेटधारी दलहरुको इशारामा पद ,पैसा र शक्तिको प्रलोभनमा भरी निर्वाचनमा नजाओस् भनी पार्टीलाई एकपटक स्पष्टीकरण समेत नदिइकन् ,सार्वजनिक सुचना समेत नदिइकन् रु ५०००० । जरिवाना गरिएकोले हामी ससम्मान निर्वाचनमा सहभागी हुने हाम्रो अधिकार आयोगले हनन् गरी निर्वाचन नजाने वातावरण बनाएकाले एकल चुनाब चिन्हमा निर्वाचनमा सहभागी हुने भनेर दल दर्ता गर्ने आधुनिक नेपाल समाजवादी पार्टी ,नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी र समाजवादी केन्द्र आगामी निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेकोले सोही जानकारी गराउन यो निवेदन पेश गरेका छौँ । साथै निर्वाचन आयोगको विभेदपुर्ण व्यवहार असमान रवैयाप्रति हरेक हिसाबबाट संघर्ष जारी राख्ने र निर्वाचन आयोगको हेपाहा प्रवृत्ति बारेमा राष्ट्र र जनतालाई समेत जानकारी दिने पनि यसै निवेदन मार्फत सार्वजनिक गर्न चाहन्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।





























प्रतिक्रिया