नागरिकता विधयेक रोकेको भन्दै नेविसंघद्धारा राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधयेक रोकेको भन्दै नेविसंघद्धारा राष्ट्रपतिको पुत्ला दहन

केन्द्रबिन्दु
0
Shares

नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला  जलाएको  छ । 

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला जलाएको हो । विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए। प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा  प्रहरीमाथि  ढुंगामुढा  प्रहार गरेको थियो । राष्ट्रपति भण्डारीले छिटो उक्त विधयेक प्रमाणीकरण गर्न माग गरेका छन् ।

नागरिकता विधयेक प्रमाणीकरण गर्न दोस्रोपटक राष्ट्रपति भण्डारी समक्ष पठाइएको छ । यसअघि पहिलोपटक राष्ट्रपति समक्ष उक्त विधयेक प्रमाणीकरण गर्न पठाइएको थियो । तर उनले विधयेक आवश्यक संसोधन गर्न भन्दै प्रतिनिधिसभामा नै फिर्ता पठाएकी थिइन् ।

Logo