जबराको बयान सुरु

जबराको बयान सुरु

केन्द्रबिन्दु
0
Shares

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध लागेको आरोपबारे बयान दिन महाभियोग सिफारिस समितिको बैठक कक्षमा पुगेका छन्। आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने छ । 

भदौ १५ गतेदेखि सुरु भएको बयानमा समितिले जबरालाई सोध्नका लागि ४२ वटा प्रश्न तयार पारेको छ।  समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ ।  जसमा जबरा प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र राजनीतिक दलका शीर्ष नेतालाई आरोप लगाउन मै समय खर्च गरिरहेका छन् । समितिको अहिले जम्मा तिन वटा मात्रै बैठक बसेको छ ।

जबराविरुद्ध  गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि उनी स्वतः निलम्बनमा परेका छन् ।
 

Logo