लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार इन्स्योरेन्स कम्पनीका ग्राहकले समुदायिक अस्पतालमा नगदरहित उपचार सुविधा प्राप्त गर्न पाउनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र सर्तहरूको अधिनमा रही नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्नेछन् ।

सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
 

Logo