धोबि खोलाको विषयमा सरकारले छुट्टै योजना बनाएर काम गर्छ : शहरी विकासमन्त्री चौधारी

धोबि खोलाको विषयमा सरकारले छुट्टै योजना बनाएर काम गर्छ : शहरी विकासमन्त्री चौधारी

केन्द्रबिन्दु
0
Shares

शहरी विकासमन्त्री मेटमणी चौधारीले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको लागि सरकारले छुट्टै योजना बनाएर काम गर्ने बताएका छन् ।

आईतवार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणआयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रीपरिषद्ले छुट्टै आयोजना बनाउने प्रश्ताव पास गर्ने बताए ।

मन्त्री चौधरीले कोरिडोर निर्माणमा सरकारले जनताहरु त्यहाँबाट बिस्थापित हुनु नपर्ने गरी बनाउने प्रतिवद्धता जनाए । उनले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्ने बताए । मन्त्री चौधरीले संसद थापाको पहललाई शहरी मन्त्रालयले शतप्रतिशत भन्दा बढी सहयोग गर्न तयार रहेको बताए ।

धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको विषयमा संसद गगनकुमार थापाले विषेश पहल गर्नुपर्छ । उनको निर्वाचन क्षेत्र पनि हो । उनलाई निर्वाचनमा भोट हालेका जनता पनि हुन । 

गगनकुमार थापालाई मन्त्रालयले १०० प्रतिशत भन्दा माथि सहयोग गर्न तयार छ । यो कोरिडोलाई फरक आयोजना बनाएर अगाडि बढाउने तयारीमा छौं । कोरिडोर क्षेत्रमाअनुगमन गरेर त्यहाँका स्थानीय जनताहरुको माग अनुसार समस्याको समाधान गर्न सकिन्छ । 

 

Logo