नेपाली कांग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रुपमा चिनिन्छ, नेपाल विद्यार्थी संगठन अर्थात् नेविसंघ । वर्तमान सभापति शेरबहादुर देउवा, बालकृष्ण खाण, गगन थापा, विश्वप्रकाश शर्मा, ज्ञानेन्द्रबहादुर कार्कीसहित अहिलेका अधिकांश शीर्ष नेताहरु नेविसंघको राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएका हुन् ।
तर अहिले त्यहीं नेविसंघ बेवारिसे बनेको छ । कारण हो, भ्रातृ संगठनप्रति शीर्ष नेताहरुको स्वार्थ हावी हुनु ।जसले नेविसंघको महाधिवेशन नियमित रुपमा हुन सकेको छैन । नेविसंघको विधानअनुसार हरेक दुई–दुई वर्षमा महाधिवेशन हुनुपर्छ तर विडम्बना विगत पाँच वर्षदेखि नेविसंघ तदर्थ समितिको भरमा चलिरहेको छ । अझ भनौ, माउ पार्टीका शीर्ष नेताले तोकेका व्यक्तिको भरमा नेविसंघ घिस्रिदैँछ । त्यसो त महाधिवेशनको माग गर्दै नेविसंघका नेताहरुले नेतृत्वलाई पटकपटक खबरदारी नगरेका पनि हैनन् तर नेविसंघको अवस्था भने झनझन शिथिल बन्दै गइरहेको छ । विद्यार्थीको समस्या र शैक्षिक मुद्दा सँगै आम सर्वसाधारणको दैनिकिबारे प्रश्न गरिरहने नेविसंघ अहिले आफनै अस्तित्व जोगाउने उल्झनमा छ ।
पार्टीले चाहे खण्डमा महाधिवेशन जुनसुकै समयमा पनि हुन्छ तर आफनै पकेटका मान्छैलाई मात्रै जिम्मेवारी दिन खोज्दा संगठनको अस्तित्व नै संकटमा छ ।
यतिबेला नेविसंघका नेताहरुले संगठनको वैधानिक पूर्णता माग गरिरहेका छन । कलम विद्रोह भन्दै अघिल्लो साताको आइतबार (भदौ १९) नेविसंघका नेताले पार्टी कार्यालय सानेपा पुगेर सामूहिक खुल्लापत्र समेत लेखेर बुझाएका छन । त्यस्तै सामजिक सञ्जालमा पनि विभिन्न किसिमका नाराहरुको प्रयोग गरिरहेका छन् । लाखौं सदस्य रहेको विद्यार्थीसंगठन एक जनाको हातमा मात्रै हुनु नेविसंघ नै नभएको आभास भइरहेको बताउँछिन विद्यार्थी नेता एलिजा ढकाल । नेविसंघको नेतृत्व नभएपछि महाधिवेशन गराएर संगठन विस्तार गर्ने काम नेपाली कांग्रेसको हो । कांग्रेसले नेविसंघप्रतिको आफ्नो जिम्मेवारी बुझ्न जरुरी छ । तर नेपाली कांग्रेस भने आफनो भ्रातृसंस्थालाई बलियो बनाउने सोचमा रहेको पाइन्न । ढकाल भन्छिन् ‘पार्टीले चाहेको अवस्थामा महाधिवेशन गराउन सक्थ्यो तर आफ्ना फेवरका मान्छेहरु राख्दा नेविसंघ रिक्त भएको हो ।’
पार्टीले चाहे खण्डमा महाधिवेशन जुनसुकै समयमा पनि हुन्छ तर आफनै पकेटका मान्छैलाई मात्रै जिम्मेवारी दिन खोज्दा संगठनको अस्तित्व नै संकटमा छ । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनबाट सभापति बनेर १२औं महाधिवेशन गराउन नसकेका नैनसिंह महर भने संघीय चुनाव अघि नेविसंघको महाधिवेशन नहुने बताउँछन । पार्टीले नेविसंघ विस्तार गर्ने कुराको बहस गरेको भए पनि तरिकाबद्ध रुपमा नभएको उनको भनाइ छ । महाधिवेशन गराउन नसकेपछि महरले ०७५ माघमा पदबाट राजीनामा दिएका थिए ।
अझ भनौ, माउ पार्टीका शीर्ष नेताले तोकेका व्यक्तिको भरमा नेविसंघ घिस्रिदैँछ । त्यसो त महाधिवेशनको माग गर्दै नेविसंघका नेताहरुले नेतृत्वलाई पटकपटक खबरदारी नगरेका पनि हैनन् तर नेविसंघको अवस्था भने झनझन शिथिल बन्दै गइरहेको छ ।
कस्को र कस्तो नेतृत्व गर्ने भन्ने कुराको बहस पर्याप्त र निश्चित रुपमा नहुँदा तदर्थ समिति गठन गरेको ६ महिनासम्म पनि नेतृत्वविहीन नेविसंघ संघीय चुनाव अघिसम्म यस्तै रहने पक्का छ ।
जबसम्म विद्यार्थीले नै नेविसंघको नेतृत्व गर्दैनन् तबसम्म नेविसंघ विद्यार्थी संगठन बन्नै सक्दैन । माउ पार्टीको राजनीतिमा पनि दख्खल राख्ने नेविसंघ नेतृत्वविहीन हुनुमा पूर्ण रुपमा नेतहरु दोषी रहेको बताउँछन नेविसंघका नेता नवराज त्रिपाठी । इतिहास केलाउने हो भने नेविसंघमा जबजब निर्वाचित भएर आएको कार्यसमिति छ त्यसले,त्यतिबेला देशमा राजनीतिक परिवर्तनदेखि शैक्षिक परिवर्तनका लागि चेतनशिल नेतृत्वको भूमिका निर्वाह गरेको पाइन्छ । तर त्यसका लागि नेतृत्वको इच्छाशक्ति आवश्यक छ ।
त्रिपाठी भन्छन ‘विद्यार्थी राजनीतिबाट पार्टीको महामन्त्रीसम्म पुगेका गगन थापा, विश्वप्रकाश शर्माहरु पनि नयाँ पुस्ता देखि त्रसित भएको होकी ? किनभने उहाँहरुले चाहानु भए महाधिवेशन गर्न सम्भव रहेको छ ।’
नेविसंघमा विधानत ३२ वर्षे उमेर हद छ । त्यो सँगै नेविसंघको नेतृत्व नयाँ पुस्ता र विद्यार्थी नेताहरुले नै लैजान पर्ने माग शीर्ष नेताहरुले नै गरिरहेका छन् । तसर्थ ०७८ को चैतमा गठन गरिएको तदर्थ समिति पनि विधानमै रहेर निर्माण गरिएको छ ।
नेविसंघकै धरातल टेकेर नेतृत्व तहमा पुगेर नेविसंघलाई नै बिर्सिएपछि गगन–विश्वबाट आशावादी बनेका उदाउँदा पुस्ताका नेताहरु यसबेला निराश देखिन्छन् । नेविसंघमा जति पनि उर्जावान नयाँ पुस्ता आउँछ उनीहरुको अर्को गन्तव्य भनेकै माउ पार्टी हो । नेतृत्व जसको सुकै होस् त्यसले भोलिको पार्टीको नेतृत्व भित्र नै कुनै न कुनै किसिमको असर पार्न सक्छ । नेविसंघका तत्कालिन महामन्त्री कुन्दनराज काफ्ले पदभन्दा पनि सिद्धान्त र आदर्श बोकेको नेविसंघ रिक्त हुदाँ नेविसंघलाई भन्दा पनि पार्टीलाई नै घाटा हुने कार्य भएको बताउँछन । उनी भन्छन् ‘विधानमा अडिएर महाधिवेशन गराउने प्रयत्न भने गरिरहेका छौ ।’
इतिहास केलाउने हो भने नेविसंघमा जबजब निर्वाचित भएर आएको कार्यसमिति छ त्यसले,त्यतिबेला देशमा राजनीतिक परिवर्तनदेखि शैक्षिक परिवर्तनका लागि चेतनशिल नेतृत्वको भूमिका निर्वाह गरेको पाइन्छ ।
संघीय चुनावअघि नेविसंघको महाधिवेशन हुनेमा काफ्ले पनि ढुक्क देखिदैनन् । यसरी हेर्दा महाधिवेशन गराउनमा पार्टी र पार्टी नेतृत्व नै लागिपरेको छ । नेविसंघमा विधानत ३२ वर्षे उमेर हद छ । त्यो सँगै नेविसंघको नेतृत्व नयाँ पुस्ता र विद्यार्थी नेताहरुले नै लैजान पर्ने माग शीर्ष नेताहरुले नै गरिरहेका छन् । तसर्थ ०७८ को चैतमा गठन गरिएको तदर्थ समिति पनि विधानमै रहेर निर्माण गरिएको छ । यतिबेला नेविसंघ दुजाङ शर्पाको अध्यक्षतामा रहेको छ ।
नेविसंघ प्रजातान्त्रिक रुपमा नचलेको लामो समय भयो । अब नेविसंघलाई पुर्नजिवन दिने भनेको युवा नेतृत्वले हो । नेविसंघले यतिबेला खोजेको भनेको रिक्त रहेको संगठनको नेतृत्व मात्रै हो । जसले संगठनलाई चुस्तदुरुस्त बनाउन सकोस । एलिजा भन्छिन ‘अहिले त कलमको मात्रै विद्रोह गरेका छौ, आवश्यक परेपार्टी विरुद्धमा मसालको विद्रोह पनि गर्छौ ।’





























प्रतिक्रिया