सिट बाँडफाँटमा सबै दलहरु लचिलो हुनुको विकल्प छैन -मन्त्री कार्की

सिट बाँडफाँटमा सबै दलहरु लचिलो हुनुको विकल्प छैन -मन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताएका छन् । 

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरुको छलफलका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताए । 

मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताए । उनले बैठकमा दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिए । उनले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए । 

‘बैठकको अवस्था सकारात्मक छ, द्विपक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको छ । निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढीरहेको छ । अहिलेको आवश्यक्ता सबैले लचिलो हुनुको विकल्प छैन ।’ उनले भने, ‘तथापि पनि दलहरुको आफ्नो आफ्नो अडान छ । ती अडानमा हामीले अलिकति सुक्ष्म ढंगले विश्लेषण गरेर अघि बढेको अवस्था छ । छलफल बाँकी नै रहन्छ । एकै सिटमा दुई,तीन पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गरेर एउटा मात्रै गठबन्धनको उम्मेदवार बनाउनुपर्ने छ ।’

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताए । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्रका पाँच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहेको छ । 

Skip This
Skip This
Logo