सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच शिष्टाचार भेटवार्ता

सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

संसद्‍ सचिवालयका अनुसार सोमबार साँझ नयाँ वानेश्वरस्थित संसद्‍ भवनमा अध्यक्ष लीलाई सभामुख सापकोटाले स्वागत गरेका थिए । त्यसपछि दुई जना बीचमा शिष्टाचार भेटवार्ता भएको हो । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । 

नेपालको चार दिने भ्रमणमा आएका लीको भेटवार्ता सभामुख सापकोटासँगको भेटसँगै सुरु भएको हो । भ्रमणका क्रममा चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा भएको चिनियाँ उच्चस्तरको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

 

Skip This
Skip This
Logo