चुनावी बाचा पूरा गर्दै हर्क साम्पाङले धरानमा पानी ल्याए

चुनावी बाचा पूरा गर्दै हर्क साम्पाङले धरानमा पानी ल्याए

केन्द्रबिन्दु
0
Shares

धरानका विभिन्न खोलाबाट बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् ।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भएका हुन् ।

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । उनलाई पानी ल्याउने अभियानमा साथ दिएका सहयोगीहरुपनि पानीको फोहोरमा रुझ्दै खुसी साटेको देखिन्छ ।  सो भिडियो शेयर गर्दै सम्पाङले फेलबुकमा लेखेका छन्,  ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’ उनले पोष्ट गरेको भिडियोमा धेरैले बधाई दिंदै कमेन्ट गरेका छन् । केहीले भने सुक्खायाममा त्यो पानी सुक्न सक्ने भन्दै त्यसको विकल्प पनि सोच्न सुझाव दिएका छन् ।

Skip This
Skip This
Logo