नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन् ।
पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले सम्बोधन गर्ने कायक्रम रहेको गुरुङले बताए । उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।































प्रतिक्रिया