चिनिया कंग्रेसका अध्यक्ष ली र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाबीच भेटवार्ता

चिनिया कंग्रेसका अध्यक्ष ली र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

चिनिया सभामुख ली चान्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ । 

संघीय संसद भवन नयाँ बानेश्वरस्थित लभि हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको । राष्ट्रियसभा सचिवालयले जानकारी दिएको छ । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर प्रधानमन्त्री पुर्व प्रधानमन्त्री लगायतसँग उच्चस्तरिय भेटवार्ता गर्दैछन् । संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने बताइएको छ । त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ । 

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको छ । उनले आजै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति विद्यादेवि भण्डारीसँगको भेटवार्ता भने भोलि हुनेछ । 

Skip This
Skip This
Logo