भीआइपी सवारीका कारण काठमाडौंका यी सडक आज प्रभावित हुने

भीआइपी सवारीका कारण काठमाडौंका यी सडक आज प्रभावित हुने

केन्द्रबिन्दु
0
Shares

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ ।

आज बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ । त्यस्तै साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ । 

Logo