बाथरुममा अजिंगर पसेपछि…(भिडियो सहित हेर्नुहोस)

बाथरुममा अजिंगर पसेपछि…(भिडियो सहित हेर्नुहोस)

केन्द्रबिन्दु
0
Shares

अजिंगर होस् वा अरु सर्प यिनलाई देख्दा धेरै जस्तो मानिसको निधारमा पसिना आउँछ । 

सामाजिक सञ्जालमा हाल एउटा क्लिप भाइरल भइरहेको छ, जसले धेरैलाई आश्चर्यमा पारेको छ । वास्तवमा घटना थाइल्याण्डको हो । जहाँ एक महिला आफ्नो बाथरुममा नुहाउन जान्छिन, तर बाथरुमबाट चिच्याउदै बाहिर निस्कन्छिन । किनभने उनले आफ्नो बाथटबमा झन्डै १२ फिट लामा अजिंगरलाई घस्रिरहेको देख्छिन् । 

अजिंगर ती महिलाको बाथटबको माथि घिस्रिरहेको देखिन्छ । महिलाले आफ्नो विवेकको प्रयोग गर्दै तुरुन्तै स्थानीय वन विभागको टोलीलाई खबर गरेपछि टोलीले महिलाको घरबाट अजिंगरलाई उद्धार गरी जंगलमा छाडेको थियो ।

आङ नै सिरिङ पार्ने यो भिडियो इन्स्टाग्राम पेज नाउँ दिस पेजमा सेप्टेम्बर ९ का दिन पोस्ट गरिएको थियो । यो न्यज प्रकाशन गर्दासम्म सो भिडियोले ६ लाख भन्दा बढी भ्युज पाइसकेको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by NowThis (@nowthisnews)

 

Skip This
Skip This
Logo