मुगुमा १६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार

मुगुमा १६ वर्षीया बालिकाकाे सामुहिक बलात्कार

केन्द्रबिन्दु
0
Shares

मुगुमा १६ बर्षीया बालिका सामुहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामुहिक बलात्कार गरेकाे आराेप छ ।  

पीडितकाे उजुरीका अधारमा बलात्कार आराेपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेकाे छ । एक आराेपी  १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षककाे जिम्मामा छाडेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । 

उनका अनुसार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखी विस्तृत अनुसन्धान भइरहेको छ । 

Skip This
Skip This
Logo