दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने अध्यक्ष लीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।

सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दसैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि चान्सुको उक्त प्रतिबद्धता आएको हो । सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् । 

साथै अध्यक्ष तिमिल्सिनाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको जनाउँदै वेल्ट एन्ड रोड इनिसियभिटसँगै बहुपक्षीय सोझदारी र संसदीय साझेदारीमा जोड दिनुपर्ने बताएका थिए ।  कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन उनले आग्रह गरेका थिए । 

Skip This
Skip This
Logo