चीनले सिक्रेट हाइपरसोनिक सुरुङ निमार्ण गर्‍यो, अमेरिका तेस्रो स्थानमा

चीनले सिक्रेट हाइपरसोनिक सुरुङ निमार्ण गर्‍यो, अमेरिका तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

चीनले अन्ततः विश्वको सबैभन्दा ठूलो फ्रि–पिस्टन अपरेशनल शक टनेल निर्माण गरेको छ । 

फ्रि–पिस्टन अपरेशनल शक टनेल निर्माणपछि चीनले हाइपरसोनिक प्रविधिको क्षेत्रमा अमेरिकालाई उछिनेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चीनको सिचुआनस्थित २.५ देखि ११.५ किलोमिटर प्रतिसेकेन्ड म्याक ३३ गतिमा चल्ने हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गर्न टनेल पाइप बनाएको छ ।

यो फ्यासिलिटि युक्त टनेल पाइपको व्यास ८० सेन्टीमिटर छ । जुन अष्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयमा रहेको एक्स३ ट्यूब भन्दा दोब्बर आकारको छ । जुन हालसम्म बनेको मध्ये आफ्नो प्रकारको सबैभन्दा ठूलो र सुविधायुक्त थियो । 

यो फ्यासिलिटि युक्त टनेल पाइप पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रको केन्द्रबाट एस्केप वेलोसिटी सिमुलेट गरेर हाइपरसोनिक सवारी साधनहरू जस्तै स्क्र्यामजेट–संचालित विमानहरूको विकासको लागि ग्राउन्ड टेस्ट समर्थन प्रदान गर्न सक्छ । अर्थात् यो सुरुङबाट चीनले स्क्र्यामजेटबाट चल्ने हाइपरसोनिक विमानको परीक्षण गर्न सक्छ । चीनको यो नयाँ हाइपरसोनिक एयर टनेल अष्ट्रेलियाको प्रविधिमा आधारित छ ।

अष्ट्रेलियाली वैज्ञानिक रेमन्ड स्टालकरको नाममा राखिएको थियो । जसले शीत युद्धको समयमा डिजाइन प्रस्ताव गरेका थिए । पहिले हाइपरसोनिक टनेलहरूमा तातो हाइड्रोजन ग्यास भण्डारण गर्नु महँगो, विस्फोटक र चुनौतीपूर्ण थियो । यी टनेल निर्माण गर्न र मर्मत गर्न धेरै महँगो र जटिल थियो । तर चीनको नयाँ प्रविधि हाल सञ्चालित टनेल भन्दा एकदम फरक छ ।

अष्ट्रेलियाली वैज्ञानिक रेमन्ड स्टालकरको डिजाइन विपरित चिनले बनाएको पिस्टनलाई सयौं किलोमिटर प्रति घण्टामा चलाउन सस्तो र निष्क्रिय उच्च–दबाव बिनाको नाइट्रोजन ग्यास प्रयोग गर्दछ । यो डिजाइनको पिस्टनले हावा कम्प्रेस गर्न र धेरै बलियो झिल्लीहरू मार्फत तातो र बलियो छालहरू उत्पन्न गर्न सक्छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार ‘डिजाइन निकै सफल भयो, यसले अष्ट्रेलियाको हाइपरसोनिक सम्बन्धित टेक्नोलोजी विकास गर्न सक्षम बनायो, जस्तै स्क्र्याजेट, जसले सीमित स्रोतहरूको बावजुद हाइपरसोनिक गति हासिल गर्न सफल भयो । 

अमेरिका हाइपरसोनिक हतियारको दौडमा रुस र चीनभन्दा पछाडि रहेको छ । सन् २०२० मा अमेरिकाले हाइपरसोनिक हतियार विकास गर्ने र म्याक–८ हाइपरसोनिक ग्लाइड गाडीको गतिसँग प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । साउथ चाइना मर्निङ पोस्टले दावी गरेको छ, चीनको हाइपरसोनिक विन्ड टनेल पश्चिमी देशका तुलनामा धेरै फरक र अपडेट गरिएको छ । 

 

Logo