जापनिज अटो निर्माता होण्डाले कार्वन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य अनुरुप इलेक्ट्रिक टु ह्विलरको उत्पादनलाई तिव्रता दिने भएको छ । होण्डाले अबको ३ वर्षमा १० भन्दा बढी इलेक्ट्रिक मोटरसाइल लन्च गर्ने योजना अघि सारेको हो ।
विश्वकै लोकप्रिय टु ह्विलर ब्राण्ड होण्डाले अबको ५ वर्षपछि हरेक वर्ष १० लाख इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्ने योजनासमेत बनाएको छ । २०३० सम्ममा वार्षिक ३५ लाख इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्ने कम्पनीको लक्ष्य छ ।
होन्डा मोटरसाइकलहरूमा इन्धनको रूपमा पेट्रोललाई कम प्राथमिकता दिइनेछ। ब्राजिलसँग पहिले नै फ्लेक्स इन्धनमा चल्ने E100 बाइकहरू छन् र ती चाँडै भारतमा आउनेछन्। Honda ले अर्को वर्ष भारतमा फ्लेक्स-इंन्धन E20 मोडलहरू, त्यसपछि 2025 मा E100 पावर प्लान्टहरू ल्याउने योजना बनाएको छ।
इलेक्ट्रिक र आइसी इन्जिनलाई समानान्तर रुपमा अगाडी बढाउँदै जाने र कार्वन उत्सर्जन कम गर्ने पेट्रोल–इथानोल व्लेन्डमा आधारित नयाँ वाइकको विकास गर्दै जाने कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोटरसाइकलका लागी होण्डाले अहिले सोलिड–स्टेट व्याट्रीको विकासमा काम गरिरहेको छ ।































प्रतिक्रिया