नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् ।
पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीले आउने चुनावमा थ्रेसहोल्ड नकटाउने भविष्यवाणी गरेका हुन् । यस भविष्यवाणीलाई लेखेर राख्न पनि ओलीले आग्रह गरे ।
थ्रेसहोल्डका लागि आवश्यक पर्ने तीन प्रतिशत मत नल्याउने र एक सिट पनि नजित्ने भन्दै ओलीले एकीकृत समाजवादी विचारविहीन पार्टी रहेको आरोप लगाए ।
त्यस्तै, अध्यक्ष ओलीले सत्ता गठबन्धनले आगामी चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको दावी पनि गरेका छन् । ‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको छ । म सरकारको ध्यानाकर्षण गराउँछु र प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्छु ।’ उनले भने ।





























प्रतिक्रिया