भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु दसैं अगाडि नै खुल्ने बताएका छन् ।
मंगलवार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरुसँग छलफल गरेर दसैं अगाडि नै नाका खोल्ने तयारी भएको बताएका हुन् । उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उनको भनाई छ ।
निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाई गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताए । उनले पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताए ।उनले एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको बताए ।
‘उत्तरी सीमा नाकाको विषयमा दुई पक्षबीचको बैठकमा स्वास्थ्य मापदण्डका कारण बन्द गरिएको बताएका छन् । कोभिड शुन्य नीतिमा तल माथि गर्न सक्दैनौं । चीन पक्ष नेपालको कोभिड सम्बन्धी मापदण्ड चीनको भन्दा कमजोर रहेको भन्ने रुपमा प्रश्तुत हुन्छन् । चीन पक्षले परराष्ट्र मन्त्रालय वा वाणिज्य मन्त्रालयको बैठकमा एउटै विषय उठाउने गरेका छन् ।’ उनले भने, ‘तर अहिले नेपालको स्वास्थ्य मापदण्डलाई हेरेर नाका खुला गर्ने तयारी भएको छ । दशैँ अगाडि नाका खुल्छ । पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकमार्फत हुने अवैध कारोबार बढेको छ । एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गरेको देखिएको छ ।’
त्यस्तै,नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गरे । उनले राजश्व परामर्श समितिलाई लिखित रुपमा नै सुझाव सहित माग पेस गरेको बताए ।
सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीहरुको महान पर्व दशैँको लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताए । उनले दशैँमा पनि नाका खुलाउन नसके र सामान आउन नसके व्यापारीहरु पलायन हुने अवस्था आउनसक्ने बताए ।





























प्रतिक्रिया