नयाँ सुपर स्प्लेन्डर नेपाली बजारमा, मुल्य थाहा पाउनुहोस्

नयाँ सुपर स्प्लेन्डर नेपाली बजारमा, मुल्य थाहा पाउनुहोस्

केन्द्रबिन्दु
0
Shares

नयाँ सुपर स्प्लेन्डर नेपाली बजारमा पनि सार्वजनिक भएको छ । 

प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथै नयाँ हिरो सुपर स्प्लेन्डर सुपर पावर, सुपर(माइलेज र सुपर(कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको कम्पनीले दाबी गरेको छ । मोटरसाइकलको मूल्य नेपालमा दुई लाख ६६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नयाँ बाइकले परिष्कृत इन्धन दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ । नयाँ सुपर स्प्लेन्डरमा १२५ सिसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले ७५०० आरपिएममा १०.७ बिएचपी उत्पन्न गर्छ र ६० आरपिएममा १०।६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ ।

हिरोका उत्पादनमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५० आर, एक्सट्रिम १६० आर, एक्सट्रिम २०० आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २०० टी र एक्सपल्स २०० फोरभी रहेका छन् । हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाई आधिकारिक बिक्रेता नियुक्त गरी नेपालमा हिरो बाइक बिक्री गर्दै आएको छ ।

Skip This
Skip This
Logo