अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ । यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अझै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ ।
यस अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, नि:शुल्क शिपिंग, रु.२५०० सम्मको प्रीपेमेन्ट छुट, रु.१०,००० सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ ।
ग्राहकहरूले डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. २०००) र क्रेडिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम रु. २५००) सम्मको छुट पाउन सक्नेछन् । विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० % ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन् । यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५ प्रतिशत (अधिकतम रु. १०००) सम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार दशैं धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्नेछन्। एकपटक अफर समाप्त भएपछि सबै सहभागीहरू लाई रु.१ फिर्ता गरिने छ।





























प्रतिक्रिया