संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

केन्द्रबिन्दु
0
Shares

सरकारले असोज १ गतेबाट संसद्को ११औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । शुक्रबारको बैठकमा धेरै सांसदले आफ्नो बिदाइ मन्तव्य राखेका थिए ।

निर्वाचन आयोगले १ असोजको मध्यरातिदेखि संसद्‍को कार्यकाल सकिने स्पष्ट पारिसकेकाे छ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाउन असोज २ गते र ३ गतेको समय तोकेको छ । प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन भने असोज २३ मा हुने कार्यतालिका छ। 

 

Logo