बिआरआईबाट ठूलो अपेक्षा नराख्नुस् -पूर्व अर्थमन्त्री पाण्डे

बिआरआईबाट ठूलो अपेक्षा नराख्नुस् -पूर्व अर्थमन्त्री पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् । 

शुक्रवार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बिआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बिआरआई सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका हुन् । उनले बिआरआई परियोजनामा चीन आक्रमक योजना नभएर सामान्य मात्रै रहेको बताए । 

‘नेपालसँग चीनको सिमित मात्रै चाहना रहेको छ । जहाँ नेपालबाट चीनमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर मात्रै नेपाललाई सामान्य किसिमको सहयोग गरेर बस्ने नीति हो । बिआरआईको कुरा गर्दा पनि चीनको एग्रेशिप योजना छैन सामान्य मात्रै देख्छु । काम गरिरहेको छ तर प्रगति केही छैन । अहिले जसरी बिआरआई एग्रेशिप भएर नेपाल आउँछ त भनेर व्यापक चर्चा भएको छ । मलाई पत्यार लागेको छैन । चीनबाट बिआरआई आउँछ भन्ने लाग्दैन । त्यसकारण चीनको यो मनोविज्ञानलाई बझेर अगाडि बढ्नुपर्छ ।’ उनले भने । 

साथै उनले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको पनि बताएका छन् । ‘अमेरिकी सहयोग एमसीसी लिएर ठिक गरेका छौं । एमसीसी आउँदा चीनको चिन्ता चासो उठाएको होला । नेपालमा अमेरिकाको उपस्थिती धेरै भयो भने चीन मात्रै नभएर भारत पनि रिसाउँछ । भारतले नै नेपाललाई धेरै सयोग आउन दिँदैन । त्यसकारण नेपाली यो सेन्सेटिभिटीलाई हेरेर वैदेशीक लगानी सम्बन्धि नीति बनाउनुपर्छ ।’ उनले भने, ‘ विश्वका मुलुकहरु अन्य स्वास्र्थमा हिँडेका होलान् तर नेपालले आफ्नो स्वास्र्थको लागि सबैसँग वैदेशीक सहयोग लिनुपर्छ । हरेक देशहरुको विकासका  नीतिहरुमा कृसियल फ्याक्टहरु हुन्छन । जुन कुरालाई देशको नेतृत्वले समाउन सक्यो त्यो देश बन्छ । समाउन नसक्ने देशहरु पछाडि जान्छन् । नेपालले भारतसँग सटेन लेभलमा अण्डर स्टार्डिङ देखाउन सकेनौं भने कहिल्यै पनि अगाडि जान सक्दैनौं । यो वास्तविकलाई कुनैपनि नेतृत्वले बुझेन भने नयाँ नौ जवान वा पुरानो नेतृत्व आउनु केही पनि हुँदैन । यो वास्तविकता बुझेनन् भने अब आउने युवाहरुले पनि दुःख पाउछन् ।’

Logo