नामिबियासँग अमेरिका ६८ रनले पराजित

नामिबियासँग अमेरिका ६८ रनले पराजित

केन्द्रबिन्दु
0
Shares

आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले अमेरिकालाई पराजित गरेको छ ।

पपुवा न्यु गिनीको अमिनी पार्कमा आज भएको खेलमा नामिबियाले अमेरिकालाई ६८ रनले पराजित गरेको हो । नामिबियाले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाउन सक्यो ।  उसका लागि गजानन्द सिंहले ३२ तथा कप्तान मोनाक पटेलले ३० रन बनाए ।

साइतेजा मुक्कामल्लले २९ तथा क्यामरोन स्टेभसनले अविजित २८ रन जोडे । नोसथुश केन्जीगे २७ रनमा अविजित रहँदा जसकरन मलोहोत्राले २२ रन बनाए । स्टेभन टेलर १३ रनको योगदान गरे । 

नामिबियाका लागि ब्रिनड स्कोलजले ३ तथा टाङ्गीनी लङ्गामिनीले २ विकेट लिए । कप्तान गेहार्ड इरास्मस तथा रुबेन ट्रपिलम्यानले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । उसका लागि डिभान ला कक, लोहानड्रि लौरेन्स तथा गेहार्ड इरास्मसले अर्धशतकीय ईनिङ खेले । कप्तान इरास्कसले ८७ ,लौरेन्सले ५७ तथा ला ककले ५३ रन बनाए । जेजे स्मिट २९ रनमा अविजित रहे । 

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले समान ३ तथा स्टेभन टेलर र क्यामरुन स्टेभसनले समान १/१ विकेट लिए ।

जितसँगै नामिबियाको २० खेलमा २२ अंक भएको छ । लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ । अमेरिका ३२ खेलमा २९ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Logo