काठमाडौं । नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आज अहिलेसम्मकै उच्च रहेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ११ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुमा एक महिला र १० पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, ललितपुर, चिवतन, मकवानपुर, दोलाखा र प्युठानमा एक–एक जना संक्रमितको ज्यान गुमाएको जानकारी दिए । योसँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ ।
संक्रमणको अवस्था कस्तो छ ?
आज ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन । जसमध्ये २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
उपत्यकाको अवस्था कस्तो छ ?
शुक्रबार मात्रै काठमाडौंमा १ सय ४२, भत्तपुरमा १५ र ललितपुर २५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २२ सय ९३ ललितपुरमा ३ सय ९३ र भक्तपुरमा १ सय ९४ रहेका छन् । योसँगै उपत्यकामा कूल संक्रमितको संख्या २८ सय ८० पुगेको छ ।
देशभर सक्रिय संक्रमित कति छन् ?
शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ जना रहेको छ । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार ३९, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९३, वाग्मती प्रदेशमा ३ हजार १ सय ६०, गण्डकी प्रदेशमा ३ सय ३९, प्रदेश नम्बर ५ मा ८ सय ६७, कर्णाली प्रदेशमा ३ सय १० र सुदूरपश्चिम प्रदेशमा ९ सय ३८ गरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४६ जना रहेका छन ।
त्यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६८, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९७, वाग्मती प्रदेशमा १ सय ११, गण्डकी प्रदेशमा २७, प्रदेश नम्बर ५ मा २ सय ४२, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिम प्रदेशमा २३ गरी देशभर ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन ।
पछिल्लो २ दिनयता आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढिरहेको उनको भनाइ छ । जसमध्ये प्रदेश नम्बर १ मा १६, प्रदेश नम्बर २ मा ४६, वाग्मती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६, प्रदेश नम्बर ५ मा १३ गरी १ सय ३३ जना संक्रमित आइसियुमा उपचाररत छन । साथै, वाग्मती प्रदेशमा १५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
डिस्चार्ज हुनेको अवस्था कति छ ?
आज २ सय ५० जना संक्रमित निको भएर घर फर्किएका छन । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार २ सय २७, प्रदेश नम्बर २ मा ४ हजार ४, वाग्मती प्रदेशमा ७ सय ३४, गण्डकी प्रदेशमा १ हजार ५ सय ७६, प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ५६, कर्णाली प्रदेशमा १ हजार ९ सय ७१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३ सय ४६ जना डिस्चार्ज भएका छन् ।
क्वारेन्टाइमा कति छन् ?
आज क्वारेन्टाइनमा १२ हजार २ सय ३४ जना रहेका छन । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार ५ सय १, प्रदेश नम्बर २ मा १ हजार ४ सय १, वाग्मती प्रदेशमा १ हजार १ सय ६२, गण्डकी प्रदेशमा २ हजार ६ सय ९८, प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७९, कर्णाली प्रदेशमा ६ सय ३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० जना क्वारेन्टाइनमा रहेका छन ।
अहिलेसम्म पीसीआर परीक्षणमा कति खर्च भयो ?
मन्त्रालयले आजसम्म ५ लाख ७९ हजार ८ सय ९९ पीसीआर परीक्षण गर्दा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले पीपीई बाहेक पीसीआर परीक्षणमा मात्रै उक्त रकम खर्च गरिएको जनाएको छ । एउटा पीसीआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । ३ अर्बभन्दा बढी खर्च गरेर ५ लाख ७९ हजार बढी पीसीआर परीक्षण गर्दा ३० हजार ४ सय २३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै उनले एउटा पोजेटिभ केस भेटाउन १ लाख ४ हजार ६ सय ३० खर्च सरकारले गरिरहेको बताए । एक जना संक्रमितलाई १ महिना आइसियुमा राखेर उपचार गर्दा ४ लाख ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको प्रवक्ता डा. गौतमको भनाइ छ ।





























प्रतिक्रिया