एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज चौंथो तथा अन्तिम खेल खेल्दैछ ।
बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले चौंथो खेलमा बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले लगातार तीन खेलमा हार व्यहोरिसकेको छ ।
पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ। नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।































प्रतिक्रिया