नेपाली कांग्रेस आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फ उम्मेदवारको सूची तयार गर्न आज विहानै देखि छलफलमा जुटेको छ ।
कांग्रेसका केन्द्रीय संसदीय समितिका पदाधिकारीहरू बिहानैदेखि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बनाउन छलफलमा जुटेका हुन् । केही दिनयता निरन्तर समितिको बैठक बसिरहेको छ ।
आज पनि बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिका पदाधिकारीहरूबीच समानुपातिक उम्मेदवारको सूची तयार गर्नेबारे छलफल चलिरहेको छ । अहिले छुट्टाछुट्टै समावेशी समूहहरुबाट उम्मेदवारको सूची तयार गर्ने काम भइरहेको बताइएको छ ।
अहिले समावेशी समूहका आधारमा पदाधिकारीहरुले एउटा प्रस्तावित सूची तयार गर्ने र दिउँसो २ बजे प्रधानमन्त्री एवंं सभापति शेरबहादुर देउवासहितको बैठकले त्यसलाई अन्तिम रुप दिने तयारी छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ ।































प्रतिक्रिया