प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चलिरहेका बेला उनलाई अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।
गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सद्भावना पार्टीमा आबद्ध थिइन् । सद्भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।
जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएकाे छ ।





























प्रतिक्रिया