घरमै बसेर तीज मनाऔं–मुख्यमन्त्री शाही

घरमै बसेर तीज मनाऔं–मुख्यमन्त्री शाही

केन्द्रबिन्दु
0
Shares

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ प्रतिकार्यमुखी तीज मनाउन आग्रह गरेका छन् । हिन्दू धर्मावलम्बी महिलाको विशेष पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना व्यक्त गर्दै उनले ‘कोभिड–१९’ को संक्रमणमा तीज पर्व मनाउन भीड नगरी यसको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि घरमै बसेर सामाजिक, धार्मिक तथा साँस्कृतिक सद्भाव साटासाट गर्न सुझाएका छन् ।

आज जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री शाहीले भनेका छन्–‘बहुभाषिक, बहुधार्मिक, र बहुसाँस्कृतिक पक्षले नै हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकतासहित अघि बढ्न प्रेरित गरिरहेका छन् । यी विशेषताले भरिएको नेपाली समाजमा यस पर्वले सामाजिक सद्भाव, एकता र भातृत्वको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।’
हरितालिका तीजलाई परम्परागत अन्धविश्वासका आधारमा नभई महिलाको स्वतन्त्रता, दिदी बहिनीहरुको भेटघाट र सुख, दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको पर्वका रुपमा मनाउन आग्रह गर्दै उनले तीज पर्वका नाममा हुने आर्थिक, सामाजिक र साँस्कृतिक विकृतिहरुप्रति सचेत रहेर महिलाका हक अधिकार, समानता, सहअस्तित्वको आवाज उठाउने तथा जागरुक बनाउने अवसरका रुपमा तीजलाई उपयोग गर्न अनुरोध गरेका छन् ।–रासस

Skip This
Skip This
Logo