नेपालबाट भारततर्फ लैजादै गरेको ८० कार्टुन मदिरा बरामद

नेपालबाट भारततर्फ लैजादै गरेको ८० कार्टुन मदिरा बरामद

केन्द्रबिन्दु
0
Shares

अवैधानिक रूपमा नेपालबाट भारततर्फ लैजादै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले आइतबार भारतीय नम्बर प्लेटको गाडी स्कारपियोमा ८० कार्टुन गौरव लेखिएको सोफी मदिरा नियन्त्रण लिएको हो । 

महोत्तरी स्थित मनरासिस्वा नगरपालिकाको भारतको दशगजा क्षेत्रमा पर्ने बथनाहा बोर्डर हुँदै  BR30 B3372  नम्बरको गाडीमा राखी लैजादै  गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

प्रहरीको अनुसार स्कारपियो गाडी १७ लाख ७२ हजार र ७२ हजार बराबरको मदिरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

Logo