वासिङ्टन । कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले अमेरिकामा बीमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि वृद्धि भएको छ । कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बीमाका लागि निवेदन दिनु परेको हो ।
अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ । गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बीमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ ।
यसअघि अघिल्लो हप्ता ९ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए ।– रासस एएनआई





























प्रतिक्रिया