परराष्ट्र सचिव पौड्याल अमेरिका प्रस्थान

परराष्ट्र सचिव पौड्याल अमेरिका प्रस्थान

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल अमेरिका प्रस्थान गरेका छन्।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ७७औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौड्याल त्यसतर्फ प्रस्थान गरेका हुन्। न्युयोर्कमा रहँदा उनले ७७ औँ संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ।

पौड्यालले संयुक्त राष्ट्रसङ्घका साइडलाइनमा हुने उच्चस्तरीय बैठकमा सहभागी हुनुका साथै राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

Logo