नेपालको लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आइपिएससंग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको यस एप देश तथा बिदेशमा निकै नै लोकप्रिय छ।
हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपालमा पैसा पठाउने सुबिधा रहेको छ। यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आइपिएससंग सम्झौता गरेको हो। यस सम्झौतापश्चात् लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सको लागि सहज बनाउनेछ र सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण बिश्वासका साथ यो सम्झौता गरिएको कम्पनीले जनाएको छ ।
हाम्रो पात्रो रेमिटको निमित्त सीइओ सुदिना गौतम र एनसीएचएलका सीइओ निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा हाम्रो पात्रो रेमिट सीइओ गौतमले प्रयोगकर्तालाई बिश्वास र समर्थनको लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताइन् । उनले भनिन् ‘हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुबिधा दिनु हो।’
तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आइपियसको माध्यमबाट लाभार्थीको बैंक खातामा केहि घण्टाभित्र रकम जम्मा भैसक्ने कम्पनिीले जनाएको छ ।
हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त रेमिटेन्स कम्पनी हो र यसले नयाँ प्रविधिहरू प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भित्राईरहेको छ र छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुबिधा सुरु गर्दैछ। रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ । जसअनुरूप प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् ।





























प्रतिक्रिया