तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत

तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका वडा नं १ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई राजनले सोही गाउँपालिका वडा नं २ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ ।  

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Logo