छैटौं महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुवाती–११ को घोषणा गरेका हुन् । सुरुवाती–११ मा फरवार्ड सावित्रा भण्डारी छैनन् । डेंगुको कारण उनी बेन्चमा छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।
नेपालको सुरुवाती–११
एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु, दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ





























प्रतिक्रिया