डिम्याट खाता खोल्नेको संख्या ५४ लाख माथि पुग्यो

डिम्याट खाता खोल्नेको संख्या ५४ लाख माथि पुग्यो

केन्द्रबिन्दु
0
Shares

पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघेको छ। 

केन्द्रीय निक्षेप प्रणाली सीडीएससीको तथ्यांङ्क अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। 

यस्तै, मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। 

सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको बताइएको छ। 

Logo