महिला साफ च्याम्पियनसिप उपविजेता खेलाडीलाई जनही १ लाख २० हजार पुरस्कारको घोषणा

महिला साफ च्याम्पियनसिप उपविजेता खेलाडीलाई जनही १ लाख २० हजार पुरस्कारको घोषणा

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ एन्फाले  महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेको छ ।

दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीलाई प्रोत्साहन स्वरुप जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

Logo