आईसीसी विश्वकप लिग टू: पीएनजीमाथि नामिबियाको जित

आईसीसी विश्वकप लिग टू: पीएनजीमाथि नामिबियाको जित

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनीलाई पराजित गरेको छ ।

पपुवा न्युगिनीको अमिनी पार्कमा मंगलबार भएको खेलमा नामिबिया १ सय ६७ रनले विजयी भएको हो । नामिबियाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले  ४२.४ ओभरमा अलआउट हुदै १ सय १८ रन मात्र बनायो । 

उसका लागि नर्मन भानुवाले ३८ तथा चार्ल्स अमिनीले २७ रन बनाए ।  हिरी हिरीले १३ तथा चाड सोपारले १२ रन बनाए । दामिन रभिले ११ तथा सेसे बाउले ६ रन बनाए ।नामिबियाका लागि ब्रिनड स्कोलजले ३ तथा जान निकोल र  जान फ्रायलिंक समान २र२ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । उसका लागि मिचेल भान लिगेनले १ सय १९ रनको अविजित शतकीय ईनिङ खेले । कप्तान गेहार्ड इरास्मसले ६८ रनको अर्धशतकीय ईनिङ खेले । पपुवा न्युगिनीका लागि नर्मन भानुवाले ३ तथा सिमो कामियाले १ विकेट लिए ।

जितसँगै नामिबियाको २१ खेलमा २४ अंक भएको छ ।  लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ । पपुवा न्युगिनी भने २३ खेलमा ५ अंक सहित अंक तालिकाको अन्तिम स्थानमा रहेको छ ।

Logo