कुलमान घिसिङ भन्छन्- ‘प्राधिकरणको उद्देश्य विद्युत निर्यात होइन, खपत हो’

कुलमान घिसिङ भन्छन्- ‘प्राधिकरणको उद्देश्य विद्युत निर्यात होइन, खपत हो’

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् । 

मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गरे । 

घिसिङले नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार पार्न सकिने दाबी गरे । उनले विद्युत खपत बढाउनको लागि हरेक घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोगमा ल्याउनुपर्ने बताए । साथै उनले नेपालमा नै विद्युत खपत गर्नसके मुलुकको अर्थतन्त्रमा १० गुणा बढी योगदान पु-याउने बताए ।  

‘विद्युत प्राधिकरणले करिव एकसय दिनमा ७ अर्ब २० करोड बराबरको विद्युत भारतमा निर्यात गरेका छौं । यो नेपालको लागि महत्वपूर्ण विषय हो । विगतमा १० मेगावाटको विद्युत कतैबाट ल्याउन सकिन्छ की भनेर गुहार माग्नुपर्ने स्थिती थियो । अहिले विश्वमा विद्युतको जति संकट भइरहेको छ । युरोपमा १ युनिट विद्युतको करिव १ डलर पर्ने अवस्था छ । यस्तो बेलामा नेपालले भारतमा विद्युत निर्यात गरिरहेको छ । प्राधिकरणको मुख्य उद्देश्य विद्युत निर्यात गर्ने होइन । विद्युत खपत गर्ने हो ।’ उनले भने, ‘नेपालको विद्युत नेपालमा नै खपत गर्ने हो । नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत गरेर समृद्ध नेपाल बनाउँदै उज्ज्यालो नेपालको बनाउने उद्देश्य साकार पार्ने हो । विद्युत खपत बढाउनको लागि हाम्रो दैनिक जीवनलाई विद्युतमा कन्भर्ट गर्नुपर्छ । घरमा खाना पकाउनेदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्नुपर्छ । त्यसपछि मात्रै विद्युतको माग बढ्छ र नेपालको विद्युत नेपालमा नै खपत हुन्छ । त्यो खपतले मुलुकको अर्थतन्त्रमा १० गुणा योगदान गर्छ । निर्यात गरेर भन्दा विद्युत खपत गरेर योगदान बढी गर्नसक्छौं । तर खपत नहुँदा विद्युत खेर फाल्नुभन्दा निर्यात नै गर्ने हो । अहिले नेपालमा विद्युत ५० प्रतिशत सस्तो रहेको छ ।­’
 
प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपालमा खाना पकाउनदेखि सवारी साधन समेत विद्युतीय प्रयोग गर्दा  कुल आयातमा २० गुणा कम हुने दाबी गरे । उनले हरेक काममा विद्युत प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत हुने बताए । उनले नेपालमा नै २५ देखि ३० अर्बको विद्युत खपत गर्नसक्दा करिव ५ खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । 

‘अब हरेक काम विद्युतीय माध्यमबाट गर्नुपर्छ । विद्युतीय चार्जिङ स्टेशन देशभर बनाउने लहर आउनुपर्छ । प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेका छौं । निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउने स्थानसम्म प्राधिकरणले विद्युत पु¥याउने र ट्रान्सफरमर राख्ने काम गरेको छ । निजी क्षेत्रले प्राधिकरणले तोकेको भन्दा २० प्रतिशत विद्युतीय चार्जिङ शुल्क लिन सक्नुहुन्छ ।’ उनले भने ।  

Logo