महिला यू-१५ को बन्द प्रशिक्षणमा ३० खेलाडी समावेश, १० खेलाडी बाहिरिए

महिला यू-१५ को बन्द प्रशिक्षणमा ३० खेलाडी समावेश, १० खेलाडी बाहिरिए

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली यू–१५ महिला राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएको जनाएको छ । 

एन्फाले मंगलबार प्रारम्भिक चरणमा रहेका ४० खेलाडीबाट १० खेलाडी बाहिरिएको जनाएको हो । एन्फाले अब बन्द प्रशिक्षणमा ३० खेलाडी रहेको जनाएको छ ।

एन्फाले  बंगलादेशमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपका लागि खेलाडी बन्द प्रशिक्षणमा राखेको हो । ढाकामा हुने यू–१५ साफ महिला च्याम्पियनसिप आगामी नोभेम्बर १ देखि १२ सम्म हुनेछ ।

एन्फाले यू–१५ टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीलाई नियुक्त गरिसकेको छ ।

Skip This
Skip This
Logo