सी डिभिजन : छनौट खेलमा ६० क्लबले सहभागिता जनाउने

सी डिभिजन : छनौट खेलमा ६० क्लबले सहभागिता जनाउने

केन्द्रबिन्दु
0
Shares

शहीद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबले सहभागिता जनाउने भएका छन् । 

अखिल नेपाल फुटबल संघ एन्फाले मङ्गलबार छनोट खेल तालिका सार्वजनिक गरेको छ । एन्फले सहभागी क्लबलाई २० समूहमा विभाजन गरेको छ । एउटा समूहमा तीन टोली छन् । 

छनोट खेल आगामी असोज ६ गतेदेखि कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ ।नकआउट चरणमा पुग्ने टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।

समूहका विजेता दुई टोली ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । छनोट हुने दुई टोलीबीच उपाधिका लागि फाइनल भिडन्त हुने एन्फाले जनाएको छ । 

Logo