सानिमा बैंकको नक्सालमा क्यास डिपोजिट मेसिन सञ्चालनमा, ग्राहकले नै खातामा रकम जम्मा गर्न सक्ने

सानिमा बैंकको नक्सालमा क्यास डिपोजिट मेसिन सञ्चालनमा, ग्राहकले नै खातामा रकम जम्मा गर्न सक्ने

केन्द्रबिन्दु
0
Shares

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।

उक्त मेसिनबाट ग्राहकहरू आफैले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको हो ।  यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेसिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुविधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुने जनाइएको छ।

Skip This
Skip This
Logo