डेंगु नियन्त्रणमा सरकार चुकेको एमालेको निष्कर्ष

डेंगु नियन्त्रणमा सरकार चुकेको एमालेको निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले डेंगु महामारीको रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको निष्कर्ष निकालेको छ । बुधबार एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल भएकाे बताएका हुन् । 

देशव्यापी रुपमा फैलिएको डेंगु रोगको कारण उत्पन्न स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत भनिएको छ, ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ। आम जनसमुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ। यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ। सरकारी संयन्त्र असफल भएको छ ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ । हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । 

विज्ञप्ति-

Logo