विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । हिमालय एयरलाइन्सको उडानबाट बुधबार दिउँसो दुबईदेखि काठमाडौँ आएका उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा अवैध सुनसहित पक्राउ गरेको हो।
विमानस्थलका अनुसार पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका वडा नं ९ घर भएका २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं १ घर भएका १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका वडा नं ७ घर भएका २५ वर्षीय जीवराज बम रहेका छन्।

पक्राउ परेकाहरुबाट भन्सार छली गरि ल्याएको एक/एक थान सुनको सिक्री र एक÷एक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

Skip This
Skip This
Logo