नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहीबार पार्टी कार्याल, च्यासलमा आयोजिक एक कार्यक्रमकाबीच अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । खनाल नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका थिए । ओली प्रधानमन्त्री हुँदा उनी आइजीपी भएका थिए ।
साथै आज खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत पनि एमालेमा प्रवेश गरेका छन् ।































प्रतिक्रिया