‘थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्नसक्छ’ -प्रधानमन्त्री

‘थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्नसक्छ’ -प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गरेका छन् । 

बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए । उनले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे । उनले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने बताए । 

‘सूर्य थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ । आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल हुनुभयो । उहाँको जीवन कालमा मुलुकमा धेरै सकारात्मक कामहरु भए । मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रह समेत उहाँकै कार्यकालमा भएको थियो । नेपाली राजनीतिका विभिन्न आरोह, अवरोह भोग्नुपरेका सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि एउटा गतिलो कृति हुनेछ । यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने विश्वास लिएको छु ।’ 
 
प्रधानमन्त्री देउवाले स्व. थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गरेकाे पनि उल्लेख गरे । 
 

Logo